बैतडी: जेनजी आन्दोलनका क्रममा डडेल्धुरा कारागारबाट फरार कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ। पाटन नगरपालिका–८ सलमारीका ३४ वर्षीय रमेश बिष्टलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो।
जबरजस्ती करणीको मुद्दामा कैद सजाय तोकिएका बिष्टलाई आइतबार दिउँसो साढे ३ बजेतिर सोही वडाको जसलेखालीबाट प्रहरीले पक्राउ गरेको हो । उनी गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा डडेल्धुरा कारागारबाट फरार भएका थिए ।
गोप्य सूचनाका आधारमा आइतबार प्रहरी चौकि खोड्पेबाट प्रहरी नायव निरीक्षक उदयसिंह खडायतको कमाण्डमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको उहाँले बताउनुभयो ।
पक्राउ परेका विष्टलाई कारागार कार्यालय डडेल्धुराको जिम्मा लगाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रतिक्रिया जनाउनुहाेस्






















