बैतडीमा ट्रक दुर्घटना: आमा छोरासहित चार जना घाइते

Image

बैतडीमा ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको पाटन नगरपालिका–८ झ्याउलेक मोडमा शनिवार बिहान २ः२० बजेतिर दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा पाटन नगरपालिका–८ का २५ वर्षीय निर्मला बिष्ट, उनका ७ वर्षीय छोरा अभिशेक , ४ वर्षीय कान्छो छोरा प्रियान्स बिष्ट र  सोही ठाउँका ट्रक चालक ३६ वर्षीय कृष्ण बिष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंह जानकारी दिनुभयो ।

घाईते चारै जनालाई उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाइएको उहाँले बताउनुभयो । निर्मला, अभिषेकको अवस्था मध्यय रहेको प्रहरीले जनाएको छ ।

सिमेन्ट बोकेर नेपालगन्जबाट बझाङ् तर्फ जाँदै गरेको सु प प्र.०१–००१ ख २८०९ नम्बर लोड ट्रक अनियन्त्रित भएर सडकबाट २५ मिटर तल खसेको जनाएको छ ।

दुर्घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्