प्रदेशसभाबाट पराजित हुँदै प्रतिनिधिसभासम्म: हरिमोहन भण्डारीको राजनीतिक यात्रा

Image

बैतडी: बैतडीबाट दुई पटक सुदूरपश्चिम प्रदेशसभा (क)मा चुनाव लडेका हरिमोहन भण्डारीले पहिलो प्रयासमै प्रतिनिधिसभा सदस्यमा जीत हासिल गर्नुभएकाे छ। अघिल्ला निर्वाचनहरूमा प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका भण्डारीले यसपटक भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजी मारेका हुन्।

प्रतिनिधिसभा सदस्यका लागि भण्डारीले २२ हजार  १३४ मत ल्याउँदै विजयी हुनुभएका हुन। निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुर बहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका छन ।

निर्वाचित भण्डारीले वि.स. २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा काङ्ग्रेसबाट चुनावी मैदानमा थिए । त्यसबेला तत्कालीन बाम गठबन्धनसँग उहाँ पराजित हुनुभयाे । वि.स. २०७९ सालमा काङ्ग्रेसबाट टिकट पाएनन् । त्यसपछि उहाँले कांग्रेस परित्याग गरी प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका भण्डारीले ११ हजार १८ मत ल्याए पनि जित हासिल गर्न सकेनन् ।

जिल्लाबाट विजय भएसँगै बैतडीको विकासको लागि योजनाबद्ध भएर अघि बढ्ने बताएका छन् । “बैतडीवासीको मायाले यो जित हासिल गरेको छु, यहाँको विकासको लागि मैले धेरै सोचेको छु, अब गरेर देखाउँछु” भण्डारीले जितपछिको छोटो प्रतिक्रियामा भन्नुभयाे ।

 प्रोफाइल

  • नाम: हरिमोहन भण्डारी
  • जन्म: वि.स. २०२३ कात्तिक १५
  • शैक्षिक योग्यता: स्नातक
  • बुवा: लक्ष्मण सिंह भण्डारी
  • आमा: रत्ना भण्डारी
  • राजनीतिक यात्रा:
    • वि.स. २०३५ – राप्रपाबाट राजनीति सुरु
    • वि.स. २०५८ – नेपाली प्रजातान्त्रिक कांग्रेसको क्रियाशील सदस्य
    • ३ पटक महासमिति सदस्य
    • करिब २३ वर्ष कांग्रेसमा सक्रिय
    • वि.स. २०७४ – प्रदेशसभा निर्वाचनमा पराजित
    • वि.स. २०७९ – स्वतन्त्र उम्मेदवार (११,०१८ मत)
    • हाल – राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित
प्रतिक्रिया जनाउनुहाेस्