बैतडीः प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायमै राखेको छ । पछिल्लो मत परिणामअनुसार १९ हजार ५५६ मत गणना हुँदा रास्वपाका हरिमोहन भण्डारीले ५ हजार ७७७ मत ल्याएका छन् ।
उनलाई नेकपा एमालेका दामोदर भण्डारीले ५ हजार ०९६ मतसहित पछ्याइरहेका छन् । यस्तै नेपाली कांग्रेसका चतुरबहादुर चन्दले ४ हजार ४४९ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार परमान्नद भट्टले २ हजार ४२२ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपेन चन्दले ४२७ मत प्राप्त गरेका छन् ।
१९ हजार ५५६ मत गणना हुँदा १ हजार २३० मत बदर भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ शुक्रबार दिउँसो साढे एक बजेपछि मतगणना सुरु गरिएको थियो ।
बिहीबार सम्पन्न भएको मतदानमा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए ।
प्रतिक्रिया जनाउनुहाेस्























