बैतडीमा रास्वपाको सुरुवाती अग्रता

Image

बैतडी: प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता बनाएको छ । प्रारम्भिक मत परिणामअनुसार एक हजार २५ मत गणना हुँदा रास्वपाका हरिमोहन भण्डारीले ३६८ मत ल्याएका छन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले २५८ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले १८७ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार परमान्नद भट्टले ११४ मत ल्याएका छन् ।

यहाँ दिउँसो साढे एक बजेपछि मतगणना सुरु गरिएको थियो । बिहीबार सम्पन्न मतदानमा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्