बैतडी: बैतडीको पुर्चाैडी नगरपालिका र बझाङको बित्थडचिर गाउँपालिकाले आज शोक विदा दिएको छ । १३ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनामा दुःख व्यक्त गर्दै दुवै पालिकाले आज शुक्रबार शोक विदा दिने जनाएको छ ।
एक सूचना जारी गर्दै पुर्चौडी नगरपालिकाले नगरपालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजि संस्थाहरुमा शोक विदा दिएको जनाएको हो ।
यस्तै बझाङको बित्थडचिर गाउँपालिकाले पनि एक सूचना जारी गर्दै पालिकाअन्तर्गतका कार्यालयहरूमा शोक विदा दिएको उल्लेख गरेको छ ।
बिहीबार राती ८ बजेको समयमा जिल्लाको पुर्चाैडी नगरपालिका वडा नं ७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा पवनदुत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना हुदा १३ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्





















