नयाँ मतदाता भन्छन्: सक्षम उम्मेदवारलाई मात्रै भोट हाल्छौँ

Image

बैतडी: बैतडीको सिगास गाउँपालिका–९ का रविन्द्र र हिमा बोहराले आगामी फागुन २१ गते हुने निर्वाचनमा पहिलो पटक मतदान गर्दछन् । दुवैजना व्यक्तिगत स्वार्थभन्दा माथी उठेर देश बनाउने योजना भएका उम्मेदवारलाई मत दिएर पठाउन उत्साहित हुनुहुन्छ ।

“आगामी फागुन २१ गते हुने प्रतिनिध सभा सदस्य निर्वाचनमा पहिलोपटक मतदान गर्दैछु । एकदमै उत्साहित छु।” रविन्द्र भन्भुयो, “युवा र देशको वर्तमान आवश्यकतालाई प्राथमिकता राखेर काम गर्न सक्ने उम्मेदवारलाई भोट हाल्छु ।”

पहिलो पटक मतदान गर्न लागेकी हिमाले आफ्नो मताधिकारको प्रयोग सक्षम नेतृत्वलाई आफ्नो मत दिएर संसदमा पठाएर गर्ने बताउनुभयो । “राम्रो र सक्षम नेतृत्वलाई मतदान गरेर देशको विकास गर्नु आवश्यक छ । त्यसैअनुसार सोच बनाइरहेकी छु ।”, हिमाले भन्नुभयो, “उम्मेदवारका एजेन्डाहरुलाई पढेर मात्रै देशलाई सबैभन्दामाथी राखेर काम गर्न सक्ने सक्षम व्यक्तिलाई मतदान गर्ने सोच छ ।”

बैतडीमा एघार उम्मेदवारहरु चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् । केही नयाँ अनुसार छन् भने केही उम्मेदवार दोहोरीएका छन् । अब्बल र देश बनाउन सक्षम रहेको भन्दै उम्मेदवारहरु जनतासंग मत माग्न गाउँगाउँ पुगीरहेका छन् ।
पुर्चाैडी नगरपालिका– ४ का पुष्कर भट्टले उम्मेदवारहरुसंग प्रतिवद्धता गरेर मात्रै आफ्नो अमूल्य मत दिने बताउछन् । “मताधिकारको प्रयोग पहिलो चोटी गर्दैछु । व्यक्तिगत स्वार्थभन्दामाथी नै रहेर योग्य, नैतिकवान, राम्रो भिजन र निति भएका उम्मेदवारलाई मतदान गर्छु ।”, उहाँले भन्नुभयो ।

जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीका अनुसार जिल्लामा १२९ मतदानस्थल अन्तर्गत २१४ मतदान केन्द्र कायम गरिएका छन्। निर्वाचनका लागि जिल्लामा कुल १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन्। तीमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन्।

सुरक्षा दृष्टिले बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन्। जिल्ला सुरक्षा समितिका अनुसार १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्