बैतडी: सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री हिरा सार्कीले निर्वाचनको समयमा पत्रकारहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताएका छन्।
बिहीबार बैतडीको गोठलापानीमा आयोजित पत्रकारहरूका लागि एआइ मल्टिमिडिया तथा मोबाइल पत्रकारिता सम्बन्धी तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सार्कीले यस्तो बताएका हुन्।
उनले निर्वाचनको समयमा सस्तो लोकप्रियताको नाममा गलत प्रचारबाजी हुने गरेको उल्लेख गर्दै त्यस्ता भ्रमपूर्ण सूचनाको नियन्त्रणमा पत्रकारहरूले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए।
“सामाजिक सञ्जालमा जथाभावी प्रचार गरिन्छ, एआइको दुरुपयोग गर्ने प्रवृत्ति बढ्दो छ। यस्ता गतिविधिलाई निस्तेज पार्दै जनतालाई सही सूचना दिनु पत्रकारहरूको दायित्व हो,” मन्त्री सार्कीले भने।
त्यसैगरी, मन्त्री सार्कीले हालैमात्र आम सञ्चार विधेयक तयार भइसकेको जानकारी दिँदै आगामी मन्त्रीपरिषद् बैठकमा उक्त विधेयक पेस गरिने बताए।

प्रतिक्रिया जनाउनुहाेस्