बालेन शाह बैतडीको पाटन आउँदै

Image

बैतडीः राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह बैतडी आउने भएका छन् । माघ १४ गते बुधबार पाटनसहितका विभिन्न स्थानमा नेता कार्यकर्ता संग भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपा बैतडीका जिल्ला कमिटी सचिव हरिशप्रशाद जोशीले जानकारी दिनुभयो ।

पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरूसँग भेटघाट गर्नेछन् । बुधबार १२ बजे पाटनमा र २ बजे गोकुलेश्वरमा नेता कार्यकर्तासंग भेटघाट गर्ने कार्यतालिका रहेको जोशीले बताउनुभयो ।

यस्तै बुधबार नै बालेन बझाङ जाने बताइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्