बैतडीमा कुनै उम्मेदवारका विरुद्धपनि परेन उजुरी

Image

बैतडी: बैतडीमा मंगलबार उम्मेदवारी दर्ता गरेका कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी परेको छैन । बुधबार उम्मेदवारका विरुद्धमा उजुरी गर्ने समयसीमा तोकिएको हो ।

बुधबार दिउँसो ३ बजेसम्म अर्थात उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने समयतालिकाभित्र कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिनुभयो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यहाँ दुई स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दिनेमा नेकपा (एमाले) बाट दामोदर भण्डारी, नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द, नेपाली कम्युनिष्ट पार्टीबाट प्रमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपेनबहादुर चन्द र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारी रहेका छन्।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रामसिंह कुँवर, जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, आमजनता पार्टीबाट विसनसिंह बोहरा, श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय तथा जयप्रकाश पन्त र तेजबहादुर चन्दको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्