काङ्ग्रेस त्यागेको घोषणा गरेका चन्दले बैतडीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराए

Image

बैतडी: नेपाली काङ्ग्रेस त्यागेको घोषणा गरेका काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका तेज बहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । बैतडीबाट प्रतिनिधिसभा सदस्यको लागि मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।

दलगत राजनीति त्यागेर स्वतन्त्ररुपमा नयाँ राजनीतिक रुपमा अघि बढ्ने बताउदै चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका छन् ।

नेपाली काङ्ग्रेस गलत बाटोतर्फ गएकाले निर्दलीय एउपमा अघि बढेको चन्दले बताएका छन्  ।

प्रतिक्रिया जनाउनुहाेस्