बैतडीको पाटन–३मा रास्वपाको वडा भेला सम्पन्नः ११ सदस्यीय समिति गठन

Image

बैतडी,
बैतडीको पाटन नगरपालिका वडा नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वडाभेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको भेलाबाट धन बहादुर बिष्टको सभापतित्वमा ११ जनाको वडा समिति सर्वसम्मत रुपमा गठन गरिएको पाटन नगरपालिकाका नगरसभापति तिलक चन्दले जानकारी दिनुभयो ।
वैकल्पीक सक्तिको रुपमा रास्वपा देशव्यापी अग्रगामी कदममा रहेकाले युवाहरुको आकर्षण बढ्दै गएको चन्दले बताउनुभयो । सबै वडाबाट युवाहरुलाई एकत्रित गर्ने कार्यमा पाटन नगरसमिति रहेको उहाको भनाइ छ ।

प्रतिक्रिया जनाउनुहाेस्