बैतडीमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु 

Image
बैतडी: बैतडीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका-३ गिरीबगरका १३ वर्षीय किरण कोलिको मृत्यु भएको हो ।
शनिबार दिउँसो २ बजेतिर स्थानीय डिन्नीगाड खोलामा बालुवा संकलन गर्ने क्रममा बिजुलीको पोलमा छोइन गइ करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
करेन्ट लागेका गम्भीर घाइते भएका कोलिलाई उपचारका लागि गोकुलेश्वर अस्पतालमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए ।
मृतक कोलिको शव अहिले गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्