बैतडीकाे पुर्चाैंडीमा भिरबाट लडेर किशोरीकाे मृत्युु

Image

बैतडीकाे पुर्चाैडी नगरपालिकामा  भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।

पुर्चौंडी नगरपालिका–५ दहतोली,परगैरा घर भएकी १७ बर्षीया रश्मी बोहराको बुधबार भिरबाट लडेर मृत्यु भएको हो ।

बुधवार घर नजिकैको गलेखी भीरमा बाख्रा चराउन गएकी बोहराकाे लडेर मृत्यु भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

भिरबाट झण्डै ५० मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको  स्थानीय अशोकबहादुर कुँवरले बताए ।

बोहरा भूमीराज मावि गहताडमा कक्षा १० मा अध्ययनरत थिइन् ।

प्रतिक्रिया जनाउनुहाेस्