बालिका बलात्कार आरोपमा कैलालीमा एक जना पक्राउ

कैलाली —कैलालीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

जिल्लाको टीकापुर नगरपालिका–४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरी पक्राउ परेका हुन् । पीडितले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्