बैतडीको ज्ञानेश्वर माविलाई एजुकेशन एक्सलेन्स अवार्ड, शिक्षा मन्त्रीद्वारा सम्मान

Image

बैतडी : बैतडीको पाटन नगरपालिका-९ मा रहेको ज्ञानेश्वर माविले एजुकेशन एक्सलेन्स अवार्ड २०८२ प्राप्त गरेको छ । शैक्षिक गुणस्तर सुधारमा अतुलनीय योगदान गरेको भन्दै केन्द्र बिन्दु एजुकेशन एक्सलेन्स अवार्ड प्रदान गरिएको केन्द्र बिन्दु अनलाईन मिडिया प्रालिका प्रबन्ध निर्देशक विदुर खतेवडाले बताए ।

विशेष शिक्षा सम्मान पत्रमा शैशिक्षक क्षेत्रमा बढ्दो निजिकरणलाई चुनौती दिदै सामुदायीक विद्यालयको पनि शैक्षिक गुणस्तर उत्कृष्ट हुन सक्छ भन्ने प्रमाणीत ज्ञनेश्वरले गरेको अवार्ड पत्रमा उल्लेख छ ।

शुक्रबार काठमाण्डौमा आयोजीत एक बिशेष समारोहमा प्रमुख आतिथी तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रधुजी पन्तले ज्ञानेश्वर माविका प्रधानाध्यपक पुष्प जोशीलाई अवार्ड प्रदान गरेका हुन् ।

यस ज्ञानेश्वर नमुना माविमा उत्कृष्ट व्यवस्थापनकासाथ अध्यायन अध्यापन गरिदै आएको छ । पछिल्ला वर्षहरुमा एसिईईमा पनि उत्कृष्ट नतिजा ल्याउदै आएको छ ।

कक्षा९-१२मा प्राविधिक सब इन्जिनियरको पढाई समेत गरिदै आएको विधालयमा यहाका विधार्थीहरुको रोजाइको विधालय बनेको छ ।
सुबिधासम्पन्न भवनसङ्गै कक्षाकोठा र प्रोजेक्टरको माध्यममबाट पढाइ हुने गरेको छ ।

विधार्थी तथा अभिभावक, शिक्षक र ब्यवस्थापन पक्षको उत्कृष्ट त्रीपक्षीय सम्बन्ध बलियो बनेको यस विधालयले उचाइ बढाइदै गइरहेको छ ।

१६ वर्षदेखी विधालय व्यवस्थापन समितिको अध्यक्ष समाल्दै आएका हरिस बिष्टले विधाले हालसम्म गरेको संघर्षको प्रतिफल हात लाग्दै गइरहेको बताए ।

पुर्वाधारमा मात्रै सफलता प्राप्त नगरी शैक्षिक गुणस्तरमा आमूल परिवर्तन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको उनले बताए । समयानुकूल प्रविधिमैत्री शिक्षालाई जोड दिइएको उनले बताए ।

केन्द्रबिन्दु मिडिया प्रालिकाे आयोजनामा ‘तेस्रो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रम गरिएकाे थियाे ।

प्रतिक्रिया जनाउनुहाेस्