बझाङको बित्थडचिर गाउँपालिकाले एकल महिलाहरुलाई बाख्रा वितरण गरिरहेको छ । ‘उपाध्यक्षसंग जनता कार्यक्रम’ अन्तर्गत आत्मनिर्भर बनाउन गाउँपालिकाले एकल महिलाहरुलाई बाख्रा वितरण गरिरहेको हो ।
गाउँपालिका भित्रका एकल, विपन्न, गरिब दलित महिलाहरुको जिविकोपार्जनमा सुधार ल्याउन बाख्रा वितरण गरिरहेको बित्थडचिर गाउँपालिकाकी उपाध्यक्ष धनलक्ष्मी सिंह मल्लले जानकारी दिइन् ।
यसले उनीहरुलाई आयआर्जनको तर्फ आकर्षित गरि आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । ‘उपाध्यक्षसंग जनता कार्यक्रम’ अन्तर्गत एकल, विपन्न, गरिब दलित महिलाहरुलाई आत्मनिर्भर बनाउन बाख्रा सहित कुखुरा समेत वितरण गरिरहेको उपाध्यक्ष मल्लले बताइन् ।
प्रतिक्रिया जनाउनुहाेस्





















