बैतडीमा जिप दुर्घटना हुँदा चालक घाइते

Image

बैतडी:बैतडीमा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन् । जिल्लाको शिवनाथबाट सर्माली तर्फ जादै सुपप्र ०१ ००१ च ४१८० नम्बरको जिप शिवनाथ गाउँपालिका-२ को फट्केढुङ्गा स्थित भित्री सडक खण्डमा शुक्रवार दिउँसो २:४० बजेतिर दुर्घटना हुँदा एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।

घाइते हुनेमा जिप चालक शिवनाथ ४ का अन्दाजी २७ वर्षीय योगेन्द्र भट्ट रहेका प्रहरी निरीक्षक बडूले बताए ।
उनको खुट्टामा चोट रहेको र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।

जिप सडकबाट एक्कासि अनियंत्रित भएर सडकबाट ८० मिटर तल खसेको बडूले जानकारी दिए । जिपमा चालक मात्रै सवार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्