बैतडीको पुर्चाैडीका कार्यपालिका सदस्य लुहारको निधन,  शुक्रबार शोक विदा 

Image
बैतडी:बैतडीको पुर्चाैडी नगरपालिकाका कार्यपालिका सदस्य ऐते लुहार मृत्यु भएको छ । दुबै मृगौला फेल भएका लुहारको बिहीबार सेती प्रादेशिक अस्पताल धनगढीमा  उपचारका क्रममा पुर्चाैडी नगरपालिका ३ का वडाअध्यक्ष खगेन्द्र बोहराले जानकारी दिए ।
लुहार लामो समयदेखी मृर्गौला फेल भएर उपचार गराइरहेका थिए । वडा नम्बर ३ न्वालि घर भएका लुहार नेपाली कांग्रेसबाट मनोनित  कार्यपालिका सदस्यमा मनोनित भएका थिए ।
यस्तै नगरपालिकाले शुक्रबार शोक विदा दिएको छ । मृर्गौला पिडीत कार्यपालिका सदस्य लुहारको उपचारका क्रममा मृत्यु भएपछि नगरपालिकाले आज शोक विदा दिएको नगरप्रमुख दीपक बहादुर बमले जानकारी दिए ।  वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्था लगायतका सबै कार्यालयहरुमा शोक विदा दिइएको उनले बताए ।
प्रतिक्रिया जनाउनुहाेस्