शैक्षिक गुणस्तर सुधारको लागि सिगास गाउँपालिकाका प्रअसँग अन्तरक्रिया

Image

शिक्षा विकास तथा समन्वय इकाई बैतडीले शैक्षिक गुणस्तर सुधारको लागि विद्यालयका प्रद्यानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । मंगलबार जिल्लाको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयहरुका प्रद्यानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

पाठ्यक्रममा निर्दिष्ट गरिएका लक्ष्य प्राप्तिको लागि शैक्षिक कार्यक्रमलाई प्रभावकारी र नतिजामुखी बनाउनको लागि विद्यालयमा उपयुक्त वातावरण सिर्जना गर्न प्रद्यानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको इकाई प्रमुख नरेन्द्र प्रसाद अवस्थीले जानकारी दिए । सिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउनको लागि प्रद्यानाध्यापक, विव्यस र अभिभावकहरुको भुमिकाका विषयमा जानकारी गराइएको थियो ।
यसअघि सिगास गाउँपालिकाका केही विद्यालयहरुमा कक्षा अवलोकनसँगै विद्यालय अनुगमन पनि गरिएको सिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले विद्यालयमा देखिएका समस्यका बारेमा जानकारी गराएका थिए । शैक्षिक गुणस्तर सुधारको लागि पालिकाबाट पनि बजेट वृद्धि गर्ने गाउँपालिका उपाध्यक्ष धाना धामीले बताइन् ।

चालु शैक्षिक सत्रमा आवस्यक पर्ने कार्यक्रम कार्यान्वयनको लागि सुझाव पनि संकलन गरिएको सिगास गाउँपालिकाका शिक्षा साखा प्रमुख रमेश प्रसाद भट्टले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्