बैतडीमा मिनि ट्रकले ठक्कर दिँदा एक वृद्धको मृत्यु

Image

बैतडीको सुर्नयामा मिनि ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  धनगढीबाट सुर्नया-५ रौलेश्वर आएको सुपप्र ०१ ००१ क १८१३ नम्बरको मिनिट्रक शुक्रबार राती ९:२० बजे  सामान अनलोड गर्नको लागि ब्याक गर्ने क्रममा पैदल यात्री ८२ वर्षका महाबिर बिष्ट गम्भीर घाइते भएका थिए ।

घाइते भएको तत्कालै उपचार गर्न धनगढी लैजाने क्रममा बाटोमै ९:५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक बल्देव बडूले  जानकारी दिए । मिनि ट्रक चालक सुर्नया-२ का ३१ वर्षका मान सिङ बिष्ट र ट्रकलाई  नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्