बैतडीः पाटन १० को सरस्वती मावि सल्लेबासाको विव्यस अध्यक्षमा भट्ट चयन

Image

बैतडीको पाटन नगरपालिका १० सल्लेबासा स्थित सरस्वती माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष धर्मराज भट्ट सर्वसम्वत चयन भएका छन् । बुधबार सम्पन्न अभिभावक भेलाबाट भट््ट सर्वसम्वत चयन भएका हुन् ।
उनी लगातार चौथौ कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका प्रधानाध्यापक लोकराज भट्टले जानकारी दिए ।
भट्टको अध्यक्षतामा ९ सदस्यीय विद्यालय समिति गठन गरिएको छ भने गगन सिंह महराको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठनमा गरिएको विद्यालयले जनाएको छ ।
अभिभावकहरुले दिएको जिम्मेवारी आफूले कुशलतापूर्वक सम्पन्न गर्ने र शैक्षिक गुणस्तर सुधार सधै कटिबद्ध भएर लाग्ने विव्यस अध्यक्ष भट्ट्ले बताए । विद्यालयको सर्वाङ्गिण विकासका लागि आफूले सक्दो पहल गर्ने र विद्यालयलाई अझै उत्कृष्ट बनाउने उनले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्