बैतडीको पाटन नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक र विव्यस अध्यक्षहरुसँग अन्तरक्रिया गरिरहेको छ । सोमबार वडा नं ८,९र १० का सामुदायिक विद्यालयका प्रअ र विव्यस अध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
वडा नं ८ को सिद्धदीप आधारभूत विद्यालयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा तीन वटै वडाका विद्यालय प्रअ र विव्यस अध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको पाटन नगरपालिकाका शिक्षा शाखा प्रतिनिधि बिर्खराज भट्टले जानकारी दिए । चालु शैक्षिक सत्रमा पाठ्यक्रममा निर्दिष्ट उदेस्य पुरा गर्नको लागि प्रअहरुलाई निर्देशन जारी गरिएको उनले बताए ।
कार्यक्रममा सहभागि प्रअ र विव्यस अध्यक्षहरुले सुझाव तथा गुनासा पनि राखेका थिए ।
विद्यालयहरुमा देखिएका समस्या समाधानको लागि सुझाव पनि संकलन गरिएको र सुझावका आधारमा आगामी आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गरिने पनि शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेयले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा सहभागि पाटन नगरपालिकाका आर्थिक विकास समिति संयोजक एवं वडा नं १० का वडा अध्यक्ष धन बहादुर कुवँरले सबै पक्षले जिम्मेवार ढंगले लागेमा शैक्षिक गुणस्तरमा सुधार हुदै जाने बताएका थिए । नगरपालिका्ले जारी गरेको शैक्षिक क्यालेण्डरलाई पछ्याउनुपर्ने र अनुगमनमा गरिनुपर्नेमा जोड दिएका थिए ।
पाटन नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिस बिष्टले वडा नं ८,९ र १०मा शैक्षिक कार्यक्रममा प्रगति भइरहेको बताउदै विव्यस, शिक्षक र अभिभावकहरुले आफ्ने तर्फबाट सहयोग गरेमा थप गुणस्तरमा वृद्धि हुने विस्वास व्यक्त गरे । “हामि सबैले आफ्नो क्षेत्रबाट सहयोग गरेमा सफल हुन्छौ, नगरपालिकालाई पनि रचनात्मक सुझाव दिएमा हामि सक्दो पहल गर्न तयार छौँ, त्रिपक्षीय साझेदारीमा अघि बढौँ, हामि थप सफल हुन्छौँ,” बिष्टले भने ।
पाटन नगरपालिकाले अन्य वडाहरुमा पनि विव्यस अध्यक्ष र प्रअसँग अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ ।





















