बैतडी: बैतडीमा एक जनाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका-८ ढोले रातापानीकी २४ वर्षीया सरिता बोहराको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु हो ।
शुक्रबार बिहान ९ बजेतिर भालुपण एकलकट्टा भन्ने भीरबाट लडेर उनको मृत्यु भएको आफन्त रमेश बोहराले जानकारी दिए । भीरबाट झन्डै डेढ सय मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको हो ।
उनका एउटा ७ वर्षीय र अर्का ६ महिनाको छोरा छन् । उनी दुई वर्षअघि पनि भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । शुक्रबार भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएपछि ६ महिने छोराको बिचल्ली भएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्





















