बैतडीको पाटन–८ मा बाघ आतंकः गोठभित्रै पसेर चौपायामाथि आक्रमण गर्न थाल्यो

Image

बैतडी,
बैतडीको पाटन नगरपालिका ८ मा बाघले आतन्क मच्चाउन थालेको छ । यहाँका किसानहरुले पालेका पशुचौपायाहरु दिनैपिच्छे आक्रमण गर्न थालेको हो । मंलगबार मात्रै पाटन नगरपालिका ८ का स्थानीय सुरेश बिष्टले पालेका तीन ओटा बाख्राहरु खोरबाटै लगेर मारेको छ ।
बाघले यहाँका किसानहरुले पालेका पशुचौपायामाथी दिनैपिच्छे आक्रमण गर्ने घटनाहरु बढी रहेको पाटन नगरपालिका ८ का वडाअध्यक्ष हरिश बिष्टले जानकरी दिए । बाघले खोरमा नै प्रवेश गरेर पशुचौपाया माथी आक्रमण गर्न थालेपछि यस क्षेत्रका किसानहरु त्रसित बनेका उनले बताए ।
दैनिकजसो बाघले आक्रमण गर्न थालेपछि नियन्त्रणका लागि डिभिजन बन कार्यालयसंग समन्वय भैरहेको वडाअध्यक्ष बिष्टले जानकारी दिनुभयो ।
गत बिहिबार मात्रै वडा नं १०को मटे टोलमा गोठभित्रै पसेर बाच्छोमाथि आक्रमणगरी मारेको थियो ।
पाटन नगरपालिका ८ मात्रै नभएर वडा नम्बर २, १० लगायतका क्षेत्रमा बाघले आक्रमण गर्न थालेको छ । एकमहिना अघि मात्रै वडा नम्बर २ का किसानका खोरमै प्रवेश गरेर ८ ओटा बाख्रा मारेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्