बैतडीमा भन्सार छलीको बिँडी बरामद गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका –६ सेरा महाकाली नदी किनारबाट बेवारिसे अवस्थामा आइतबार भारतबाट भन्सार छली अवैध रुपमा ल्याइएका दुई लाख ८२ हजार बराबरको १० पेटी बिँडी बरामद गरिएको हो ।
सेरा प्रहरी चौकीबाट प्रहरी साहयक निरीक्षक भक्तबहादुर मतहराको नेतृत्वमा खटिएको प्रहरीले व्यवारिसे अवस्थामा उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए । भातरबाट भन्सार छलि गरि लुकाएर राखेको अवस्थामा प्रहरीको निममीत गस्तीका क्रममा अवैध बिँडी बरामद गरिएको प्रवक्ता बडूले बताए ।
बरामद गरिएको बिँडी आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइने प्रहरी निरीक्षक बडूले बताए ।
भारतसंग सीमा जोडिएको महाकाली किनार क्षेत्रमा प्रहरीले सक्रियता बढाएको प्रहरी निरीक्षक बडूले बताए । भन्सार छलीका सामग्री आयत हुनसक्ने अवस्थालाई मध्यनजर गरेर प्रहरी टोली खटाइएको उनले बताए ।























