बैतडीमा धारिलो हतियार प्रहारबाट दुई जना घाइते भएका छन् । जिल्लाको पुर्चाैडी नगरपालिका–६ रपनाका २० वर्षीय धनवीर धानुकले धारिलो हतियार प्रहार गर्दा सोही ठाउँका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुक घाईते भएकी हुन् ।
शनिवार बिहान पौने १२ बजेतिर धनवीरले धारीलो हतियार प्रहार गर्दा उनीहरु घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिए ।
“बिखमतीको टाउँको र दाहिने पाखुरामा, दुरोपतीको कानमा चोट छ” प्रवक्ता बडुले भने, “उनीहरुलाई उपचारका लागि डडेल्ुधरा पठाइएको छ ।”
घाइतेको दुबैको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनालगत्तै अस्थायी प्रहरी चौकी ढोल्यामोडबाट खटिएको प्रहरी टोलीले धनबीरलाई पक्राउ गरिसकेको र इलाका प्रहरी कार्यालय पाटन ल्याउने काम भैरहेको उनले जानकारी दिए ।
उनले धारीलो हतियार प्रहार गर्नुका कारण खुलिनसकेको र थप अनुसन्धान भैरहेको बताए ।





















