बैतडीमा खैरो हिरोईनसहित एक जना पक्राउ परेका छन् । डडेल्धुराको अजयमेरु गाउँपालिका–६ का २८ वर्षीय सुनिल खड्कालाई एक ग्राम ४५० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागुपदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलाराम पाण्डेयले जानकारी दिए ।
बिहीबार दिउँसो पाटन नगरपालिका–६ अर्ताेलाबाट खड्कालाई इलाका प्रहरी कार्यालय, पाटनको प्रहरी टोलील पक्राउ गरेको हो।
खड्कामाथि जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
प्रतिक्रिया जनाउनुहाेस्






















