सरस्वती माविको वार्षिकोत्सव कार्यक्रम सम्पन्नः विद्यालयको विकासमा टेवा पु¥याउनेहरु सम्मानित

Image

बैतडी: बैतडीको पाटन नगरपालिका वडा नं १० स्थित सरस्वती मावि सल्लेबासाको ६६औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । आज एक औपचारिक कार्यक्रमकाबीच विद्यालयले गरेको वर्षभरीका कार्यक्रमको समिक्षा गर्दै वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज भट्टको सभाध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि वडा नं १० का वडा अध्यक्ष धन बहादुर कुवँर रहनु भएको थियो ।

विद्यालयका प्रद्यानाध्यापक लोकराज भट्टले गत शैक्षिकसत्रको आर्थिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उहाले गत आर्थिक वर्षको १ करोड १२ हजार रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने गत वर्षमा विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तथा उपलब्धीको बारेमा जानकारी गराएका थिए ।

विद्यालयमा भौतिक पुर्वाधार तथा प्राविधिक उपकरणको व्यवस्थापन गर्नसकेमा सामयानुकुल शिक्षण सिकाई क्रियाकलापमा टेवा पुग्ने भएकाले सम्बन्धित निकायले चासो राख्नुपर्नेमा जोड दिएका थिए ।

वार्षिकोत्सव कार्यक्रमका सभाध्यक्ष एवं विव्यस अध्यक्ष धर्मराज भट्टले विद्यालयमा शैक्षिक गुणस्तर सुधारको लागि सिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकारको समन्वयात्मक भुमिका अपरिहार्य रहेको बताएका थिए । विद्यालयको व्यवस्थापकीय पक्षबाट पनि शैक्षिक गतिबिधिलाई समयानुकुल अघि बढाउनको लागि भरपूर प्रयास गरिरहेको बताएका थिए ।

शैक्षिक क्रियाकलापलाई चलायमान बनाउनको लागि अभिभावक तथा विद्यार्थी र शिक्षकहरुको सक्रियता बढाउन विद्यालयले वार्षिक क्यालेण्डर सार्वजनिक गरिएको अध्यक्ष भट्टले बताए ।

प्रविधियुक्त शिक्षण सिकाइ क्रियाकलापको लागि प्राविधिक उपकरणको लागि स्थानीय तहले सहयोग गर्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं १० का वडा अध्यक्ष धन बहादुर कुवँरले नगरपालिकाले शैक्षिक क्षेत्रलाई प्राथमिकता दिइरहेको बताएका थिए । विद्यालयको शैक्षिक गतिविधिलाई बढावा दिनको लागि आफ्नो सहयोग रहने पनि जानकारी गराए ।

वार्षिकोत्सव कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सहयोगीहरुलाई सम्मान पनि गरिएको थियो ।
गत शैक्षिकसत्रमा होली कार्यक्रमलाई सभ्यरुपमा सम्पन्न गर्नमा सहयोग गर्ने होली कमिटिका पदाधिकारीसहित सिक्षकहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी होली कार्यक्रमको समयमा ५ हजारभन्दा बढी आर्थिक सहयोग गर्ने अभिभावक तथा निकायलाई पनि सम्मान गरिएको थियो ।

विद्यालयका पूर्व शिक्षक स्वर्गीय पदमराज भट्टको सम्झनामा गठन गरिएको स्मृति पदमराज स्मृति प्रतिस्ठान परिवारलाई पनि सम्मान गरिएको थियो ।
पदमराज स्मृति प्रतिष्ठानले सरस्वती माविमा अध्यायनरत उत्कृष्ट छात्रछात्रा तथा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । यो कार्यक्रम प्रत्येक वर्ष लागु हुदै आएको छ ।

विद्यार्थीलाई प्रदान गर्ने पुरस्कारले विद्यार्थीहरुलाई प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि भइरहेको भन्दै विद्यालयले स्वर्गीय पदमराज भट्टकी धर्मपत्नी विर्मा भट्टलाई विद्यालयले सम्मान गरेको छ ।

यसैगरी पदमरज स्मृति प्रतिष्ठानले सोही विद्यालयमा आयोजना गर्ने भलिबल प्रतियोगितार्थ सम्मान गरेको छ । सो सम्मान सोही विद्यालयका पूर्व शिक्षक केपी भट्टलाई प्रदान गरिएको थियो ।

सरस्वती माध्यामिक तहका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका गजाधर भट्टले छोराको बिहेमा आएको सोफा सेट उपलब्ध गराएका थिए । छोरा लोचन भट्टको बिहेमा आएको सोफासेट विद्यालयलाई हस्तान्त्रण गरेका थिए । उनलाई पनि विद्यालयले दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्