बैतडीको डिलासैनीमा रेबिज रोगबिरुद्ध खोप अभियान सञ्चालन

Image

बैतडीः रेबिज अन्त्यका लागि बैतडीमा कुकुर, बिरालोमा रेबिज रोगबिरुद्धको खोप कार्यक्रम सञ्चालन भएको छ । यहाँको डिलासैनी गाउँपालिकाले घरपालुवा तथा सामुदायिक कुकुर र बिरालोका लागि रेबिज रोगबिरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो ।

‘रेबिज अन्त्यका लागि सहकार्य र खोज’ भन्ने नाराका साथ कुकुर र बिरालोमा निःशुल्क रेबिजबिरुद्धको खोप कार्यक्रम सञ्चालन भएको गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक अर्जुन थापाले बताउनुभयो ।

रेबिज लागेको कुकुर, बिरालो लगायतका जनावरहरुले मानिसलाई टोकेमा रेबिज सर्ने गर्दछ । चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिका सात ओटै वडाका विभिन्न स्थानमा आजदेखी रेबिजबिरुद्धको खोप कार्यक्रम सुरु भएको उहाँले जानकारी दिनुभयो ।

खोप कार्यक्रम वैशाख ५ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । नेपाललाई सन् २०३० सम्ममा कुकुर बिरोलाको टोकाइबाट हुने रेबिज रोगलाई शून्यमा झार्ने लक्ष्य राखिएको छ । सोही बमोजिम गाउँपालिकाले प्रत्येक वर्ष कुकुर र बिरालोमा निःशुल्क रेबिजबिरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको पशु स्वास्थ्य प्राविधिक थापाले बताउनुभयो ।

कुकुर, बिरालो लगायतका जनावरहरुको टोकाइबाट मानिसमा रेबिज सर्ने भएकाले जनावरहरुलाई रेबिज विरुद्धको खोप दिने गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्