बैतडीको सिगासका एक किशोर तीन हप्तादेखी सम्पर्कविहीन

Image

बैतडी: बैतडीको सिगास घर भएका एक किशोर तीन हप्तादेखी सम्पर्कविहीन भएका छन् । यहाँको सिगास गाउँपालिका–६ लेकमका १६ वर्षीय बालकृष्ण साउँद सम्पर्कविहीन भएका हुन् ।

कैलालीको गोदावरी नगरपालिका–७ लालपुर मामाघर बस्दै आएका साउँद फागुन २७ गतेदेखी बेपत्ता भएका उनका आफन्त बसन्त साउँदले जानकारी दिनुभयो । उक्त दिन उनी घरबाट साइकल र झोलासहित निस्केका थिए । त्यसयता परिवार तथा आफन्तसँग सम्पर्कमा नआएका आफन्त साउँदले बताउनुभयो ।

‎खोजी कार्यका लागि नेपाल प्रहरीलाई समेत जानकारी गराइ सकिएको आफन्तले बताएका छन् । सम्पर्कविहीन साउँद पढाईका लागि तीन वर्षदेखी मामा घर बस्दै आएका थिए ।

हाल उनी दुर्गाभवानी माविमा कक्षा १० अध्ययनरत थिए ।

प्रतिक्रिया जनाउनुहाेस्