बैतडीको सिगास गाउँपालिका-२ स्थित गाँजरी बजार क्षेत्रमा सरसफाई गरिएको छ । बजार क्षेत्रमा जथाभावी फोहर फाल्दा दुर्गन्ध फैलिन थालेपछि आज बजार क्षेत्रमा सरसफाई गरिएको हो ।
सिगास युवा क्लब र बजार व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयहरुसहित संयुक्त रुपमा बजार क्षेत्रमा सरसफाई गरिएको क्लबका अध्यक्ष हेमन्ती धामीले बताउनुभयो । गाँजरी बजार क्षेत्रसहित शिव मन्दिर परिसरमा समेत सरसफाई गरिएको उहाँले जानकारी दिनुभयो ।
बजार क्षेत्रसहित वातावरणलाई स्वच्छ राख्न सरसफाई गरिएको हो । पालिकालाई पसल तथा बजारबाट निस्कने फोहरको व्यवस्थापनका लागि आवश्यक सहयोग गर्न आग्रह समेत गरिएको सिगास युवा क्लबका अध्यक्ष धामीले बताउनुभयो ।
प्रतिक्रिया जनाउनुहाेस्





















