वडा कार्यालय भवन निर्माणका लागि जग्गादान

Image
बैतडी: बैतडीको डिलाशैनी गाउँपालिका–७ को प्रशासनिक भवन निर्माणका लागि जमीन उपलब्ध भएको छ । वडा कार्यालय भवन निर्माणका लागि स्थानीय समाजसेवी कृतबहादुर धामीले जमीन दान गर्नुभएको हो ।
वडाको भवन निर्माणका लागि जमीन प्राप्त भएपछि अब काम अगाडि बढाइने वडा अध्यक्ष प्रकाशमणी भट्टले बताउनुभयो । यसअघि वडा कार्यालयसँग आफ्नो जमीन नहुँदा भवन निर्माणको काम अगाडि बढाउन सकिएको थिएन् । वडा कार्यालयलाई जमीन प्राप्त भएपछि अब स्थायी संरचना निर्माण गर्ने बाटो खुलेको वडा अध्यक्ष भट्टले जानकारी दिनुभयो ।
सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर वडाको नाममा जमीन नामसारी भइसकेकाले अब भवन निर्माणको काम छिट्टै अगाडि बढाउने योजना रहेको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।
प्रतिक्रिया जनाउनुहाेस्