बैतडी: बैतडीको पाटन नगरपालिका-३ का २६ वर्षीय नरेश कोली मृत्यु प्रकरणमा आफन्तहरुले निश्पक्ष छानबिनको माग गरेका छन् ।
बुधबार बिहान पाटन–६ कै भिटानजिकै सुर्नया नदी किनारमा नरेश मृत फेला परेका थिए ।
मंगलबार घरबाट पाटन बजार किनमेलका लागि गएकोमा र अबेरसम्म घर नआएपछि उनका दाइले प्रहरीलाई खबर गरेका थिए । खोजतास गर्दा बुधबार बिहान ८ बजेतिर सुर्नया नदी किनारमा मृत फेला परेका हुन् ।
आफन्तहरुले भने उनको संकास्पद अवस्थामा मृत्यु भएको हुनाले छानबिन हुनुपर्ने माग राख्दै आएका छन । नरेशका बुवा सेरि कोली हिजो मात्रै भारतबाट पुगेका थिए । आज जिल्ला अस्पतालमा पुगेका सेरि कोलीले नरेशसङ्गै भएकाहरूमाथी छनबिनको माग गरेका हुन् ।
” घरमा नरेशको श्रीमती र सानो छोरा छ, मैले छोरा गुमाएको छु, यसको पीडा जिन्दगीभर भोग्नु नै छ, अब यस घटनामा प्रहरीले छनबिन गरोस, हामी निवेदन दिन्छौं” सेरी कोलीले भने ।
बुधबार मृत फेला परेजा नरेशको आज पोस्टमाटम हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।




















