बैतडीमा एक युवक मृत फेला

Image

बैतडी: बैतडीमा एक युवक मृत फेला परेको छन् । जिल्लाको पाटन नगरपालिका–३ गुजर बस्ने अन्दाजी २६ वर्षीय नरेश कोली बुधबार बिहान ८ बजेतिर सुर्नया नदी किनारमा मृत फेला परेका हुन् ।

पाटन–३ कै सुरुङस्थित बाटो बाट लडेर एक सय मिटर तल सुर्नया नदीे किनारमा उनी मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

“मंगलबार घरयासी सामान किनमेलका लागि पाटन बजार गएकोमा अबेरसम्म घर नआएपछि उनका दाइले प्रहरीलाई खबर गरेका थिए।”, उहाँले भन्नुभयो “खोजतलासका क्रममा आज बिहान ८ बजेतिर सुर्नया नदी किनारमा कोली मृत अवस्थामा फेला परेका हुन् ।”

घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्