डोटीमा जिप दुर्घटना, ४ जना घाइते

Image

डोटी: डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार, बोगटान फुड्सिल गाउँपालिका–३, इनडाबाट कैलालीतर्फ जाँदै गरेको से. १ च १५१७ नं. को बोलेरो जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४५ वर्षीय योगेस बिनाडी र डोटीको  बोगटान फुड्सिल गाउँपालिका–३ कानाचौरका १७ वर्षीय नरेश साउद गम्भीर घाइते भएका हुन् ।

दुवैको टाउको र ढाडमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, दुर्घटनामा परि कैलालीको गौरीगंगा नगरपालिका–९ बस्ने चालक २८ वर्षीय सन्तोष सापकोटा र अछामकप ढकारी गाउँपालिका–३ का १५ वर्षीय जनक बुढा  घाइते भएका छन् । दुवैको अवस्था मध्यम रहेको छ । 

उकालोमा रहेको जिप ब्याक हुन गई सडकबाट करिब ३ सय मिटर खसेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्