बैतडीको पुर्चौंडीमा करार स्वास्थ्यकर्मीले छ महिनादेखी तलब पाएनन्

Image

बैतडी: बैतडीको पुर्चौंडी नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले छ महिनादेखि तलब पाउन सकेका छैनन् । नगरपालिकाको करार सेवामा कार्यरत कर्मचारीहरुले गत असोजदेखि तलब नपाएको बताएका छन् ।

करार सेवाका कर्मचारीहरुलाई निरन्तरता दिने निर्णय गरेको भएपनि आफूहरुले असोजदेखी तलब नपाएको हाट स्वास्थ्यचौकीका ल्याब असिटेन्ट डम्मरबहादुर कुँवरले बताउनुभयो । नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत करार कर्मचारीहरुलाई स्वास्थ्यचौकी प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएर हड्ताल शुरु गरिएकोे उहाँले जानकारी दिनुभयो ।

हाट स्वास्थ्यचौकीमा कार्यरत ल्याब टेक्निसियन सुरेन्द्र पुजाराको संयोजकत्वमा करार कर्मचारीहरुले संघर्ष समिति समेत गठन गरेका छन् । स्वास्थ्य सेवाका करार कर्मचारीहरुले बुझाएको ज्ञापन पत्रमा नियुक्ती नदिएको, तलब नदिएको र करार सम्झौतासमेत रद्द नगरी आफूहरूलाई वेवास्ता गरिएको गुनासो गरिएको छ ।

करार सेवामा कार्यरत प्रयोगाशालाकर्मी र अन्य स्वास्थ्यकर्मीहरुलाई नगरपालिकाले नियुक्ती र तलब नदिँदा समस्या उत्पन्न भएको हाट स्वास्थ्यचौकीका प्रमुख दिपेन्द्रबहादुर धामीले बताउनुभयो ।

पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जेनजी आन्दोलनपछि निर्माण भएको सरकारले स्वीकृत दरबन्दी भन्दा बाहेकका कर्मचारीले तलब भत्ता नखुवाउन परिपत्र गरेकाले नियुक्ति दिएर तलब खुवाउन समस्या भएको बताउनुभयो । उहाँले नगरपालिकाले भर्ना गरेका करिब विभिन्न सेवाका करिब १५० जना कर्मचारीलाई असोजदेखि तलब खुवाउन समस्या भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्