बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु

Image

बैतडी: बैतडीको सिगासमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

बझाङको बित्थडचिरगाउँपालिका–९ भतडा स्थायी घर भइ सिगास गाउँपालिका –७ सल्याडी बस्दै आएकी सरस्वती रावलको भीरबाट लडेर मृत्यु भएको हो ।

बिहीबार बिहान साढे १० बजेतिर घरनजिकै रहेका सल्याडी भीरबाट लडेर मृत्यु भएको स्थानीय सूर्यबहादुर बोहराले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्