बझाङको साइपालमा मतदान गराउन कर्मचारी तीन दिन पैदल हिँडेर कार्यक्षेत्रतर्फ

Image

बझाङको दुर्गम हिमाली क्षेत्र साइपाल गाउँपालिकाका मतदान केन्द्रमा निर्वाचन गराउन खटिएका कर्मचारी तथा सुरक्षाकर्मी तीन दिनसम्म पैदल हिँडेर कार्यक्षेत्रतर्फ प्रस्थान गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार साइपालका तीन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री बुझेर केही शनिबार र केही आइतबार र बाँकी रहेका सोमबार सदरमुकाम चैनपुरबाट हिँडेका हुन् ।  दुर्गम भूगोलका कारण सम्बन्धित केन्द्रसम्म पुग्न तीन दिनसम्म पैदल यात्रा गर्नुपर्ने भएकाले टोलीलाई समयमै पठाइएको मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिए।  

साइपाल–१, धलौन माध्यमिक विद्यालय धलौन वरिपरि मतदान केन्द्र र साइपाल–२ धलौन माध्यमिक विद्यालय धलौन मतदान केन्द्रका कर्मचारी भने आइतबार कार्यक्षेत्रतिर प्रस्थान गरेका थिए ।

बझाङमा निर्वाचनका लागि दुई अस्थायी र १८९ स्थायी मतदान केन्द्र तोकिएका छन् भने १३७ मतदान स्थल निर्धारण गरिएको छ । तीमध्ये तीन सामान्य, ४९ संवेदनशील र ८५ अति संवेदनशील श्रेणीमा राखिएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्