बैतडीमा अज्ञात रोगका कारण दुई जनाको मृत्यु

Image

बैतडी: अज्ञात रोगका कारण बैतडीमा दुई जनाको मृत्युभएको छ । जिल्लाको पुर्चाैडी नगरपालिका–१० महरागाउँका १० वर्षीय विकास महरा र १३ वर्षीय विनोद महराको मृत्यु भएको हो ।

बिकासको आज बिहान र विनोदको फागुन ११ गते मृत्यु भएको नगरपालिकाका स्वास्थ्य स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार कुँवरले जानकारी दिनुभयो । केहीदिनदेखी उच्च ज्वरो, वान्ता आउने, शरिर दुख्ने लक्षण देखीएकोमा एकाघरका दुबैजनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

दुई जना ज्यान गएसंगै गाउँका अन्यमा पनि उक्त लक्षण देखीएपछी अहिले उक्त क्षेत्रमा स्वास्थ्यकर्मी सहितको टोली खटिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्