बैतडीको पाटन–८ मा बालक्लब गठन

Image

बैतडीको पाटन नगरपालिका–८ मा बालक्लब गठन गरिएको छ । बुधबार वडा कार्यालयमा  भएको बालबालिकाहरुको भेलाले दिनेश भट्टको अध्यक्षतामा २१ सदस्यीय वडास्तरीय बालक्लब गठन गरिएको हो ।

वडास्तरमा सञ्चालन हुने विभिन्न कार्यक्रममा बालबालिकाहरुको सहभागिता सुनिश्चित गर्न, नेतृत्व विकास गर्न र अधिकारहरुको पैरवी गर्नका लागि बाल क्लब गठन गरिएको वडा अध्यक्ष हरिश बिष्टले बताए ।

नयाँ गठन गरिएको बालक्लबले बालबालिकाहरुको हक अधिकार प्रत्याभूत गर्न र हरेक क्षेत्रमा सक्रिय सहभागिताका लागि पहल गर्ने विश्वास लिइएको वडा अध्यक्ष बिष्टले बताए ।

नगरपालिकाले सबै वडामा बाल क्लब गठन तथा पुनगर्ठनको काम गरिरहेको नगरपालिकाको महिला तथा बालबालिका शाखामा कार्यरत सहायक महिला विकास निरीक्षक हरिना ऐडीले बताइन् ।

प्रतिक्रिया जनाउनुहाेस्