बैतडीमा दोस्रोपटक हिमपात

Image
बैतडी: बैतडीमा दोस्रोपटक हिमपात भएको छ। जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो।
यसअघि शुक्रबार राती हिमपातसहित हिउँदे वर्षा भएको थियो । हिमपातका कारण  चिसो बढेकाले सतर्कता अपनाउन सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्  ।
दोस्रोपटक हिमपात र वर्षाभएपछी किसानहरू भने उत्साहित बनेका छन् ।  गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय दलबहादुर बिष्टले बताउनुभयो ।
हिउँदेबाली सङ्गै फलफूल र आलूलगायत अन्य तरकारी पनि सप्रिने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्