बैतडीमा वर्षकै पहिलो हिमपात र हिउँदे वर्षा, किसानलाई राहत

Image

बैतडी: बैतडीमा हिमपातसहित वर्षा भएको छ । शुक्रबार राति यहाँका उच्च लेकाली भेगमा हिमपातसँगै वर्षा भएको छ ।जिल्लाको खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सत्बाझलगायतका क्षेत्रमा हिमपात भएको छ भने अन्य क्षेत्रमा पनि वर्षा भएको छ ।

असोज महिनादेखि वर्षा नभएर खडेरी परेका बेला शुक्रबार भएको हिमपात र वर्षाले यहाँका किसानहरुमा भने खुसीयाली छाएको छ ।

लामो समयदेखि वर्षा नहुदा हिउँदे बाली प्रभावित हुदै आएको थियो । चार महिनापछि वर्षा भएकाले गहुँ बाली सप्रिने बैतडीको पाटन- १० का स्थानीय दल बहादुर बिष्टले बताए । उच्च लेकाली भेगमा आलु लगाउनको लागि पनि सहज हुने उनले बताए ।

जिल्लामा २५ हजार ७०० हेक्टर जमिनमा खेती गरिदैँ आएको छ । जसमा १० हजार ९०० हेक्टर क्षत्रफलमा मात्रै सिंचाई सुविभा पुगेको छ । यहाँका अधिकांस जमिनमा आकासे पानीको भरमा खेती गरिँदै आएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्