बैतडी: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेपाली काङ्ग्रेसबाट चतुर बहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल क्रीकेट संघका अध्यक्ष समेत रहेका चन्दले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार उम्मेदवारी दर्ता गराएका हुन् ।
बैतडीमा नेपाली कांग्रेस ८ वर्षपछि प्रत्यक्ष जनतामाझ जादै छ ।
२०७४ सालमा नरबहादुरचन्द रुख चिह्नबाट चुनाव लडेका थिए । त्यसको ८ वर्षपछि नेपाली कांग्रेसका जिल्ला सभापति एवं नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले टिकट पाएका हुन् ।
२०७९ मा तत्कालीन नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेकोमा माओवादी केन्द्रका नरेन्द्र कुवँरका लागि कांग्रेसले भोट मागेको थियो ।
प्रतिक्रिया जनाउनुहाेस्






















