बैतडी: बैतडीमा भिरबाट लडेर एक जना वृद्धा गम्भिर घाइते भएकी छिन् । पाटन नगरपालिका–८ रिसेडीकी ६९ वर्षीया गौरा मडै भिरबाट लडेर गम्भिर घाइते भएकी हुन् ।
आइतबार मध्याह्न १२ बजेतिर बाख्रा चराउने क्रममा मडै स्थानीय खैर्या भिरबाट लडेर गम्भिर घाइते भएकी पाटन नगरपालिका–८ का वडासदस्य कृष्ण महराले जानकारी दिए । मडैको टाउको र शरिरका विभिन्न भागमा गम्भिर चोट रहेको उनले बताए ।
घाइते मडैलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो । डडेल्धुरा अस्पतालले थप उपचारका लागि धनगढी रिफर गरेको वडासदस्य महराले जानकारी दिए ।
प्रतिक्रिया जनाउनुहाेस्























