महाकाली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

Image

दार्चुला:दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगास्थित खुल्लामञ्चको तल महाकाली नदीको बीचमा अड्किएका एक पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

रुकुमको मुसिकोट घर बताउने ३५ वर्षीय विक्रम केसी विहिबार (आज)  दिउँसो नदीको बीच भागमा रहेको ढुंगामा अड्किएर बसेको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छञबहादुर रावतले जानकारी दिए । केसी हिजो मात्रै गाडीमा दार्चुला सदरमुकाम पुगेको बुझिएको उनले बताए ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवराज जोशीको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजको टोलीले सकुशल उद्धार गरेको हो । उद्धार गरिएका ती व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको प्रहरी निरीक्षक रावतले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्