पाटनको लेखाशाखामा अर्को ताला

Image

बैतडी: बैतडीको पाटन नगरपालिकाको लेखाशाखामा अर्को ताला लागेको छ । नगरपालिकामा तालाबन्दीको विषयमा छलफल भइरहेको समयमा सहभागिहरुले ताला लगाएका हुन् ।

नगर उपप्रमुख कमल सिंह बोहराको कार्यकक्षमा छलफल चलिरहेको थियो । सो छलफलमा प्रमुख जिल्ला अधिकारी, समन्वय समितीका प्रमुख उपप्रमुख, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, नगर उपप्रमुख तथा जनप्रतिनिधि सहभागी थिए ।

सोही समयमा बाहिर केही दलका प्रमुख एव प्रतिनिधी तथा स्थानीयहरु सहभागी थिए । उनिहरुले नै ताला लगाएका हुन् ।

नगरउपप्रमुखसहितका जनप्रतिनिधिहरुले यसअघि तालाबन्दी गरेको र उनिहरुले नै उठाएका विषयमाथी छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै तालामाथी अर्को ताला लगाएको बताइएको छ ।
बिना कागजात रकम भुक्तानी भएको, आर्थिक अनियमितता भएको आसयसहितको प्रेस बिज्ञप्ती जारी गर्दै ताला लगाइएको थियो ।
त्यसपछि सोही विसयमाथी नै छनबिनको माग हुनुपर्ने राजनीतिक दलहरुको धारणा छ ।

प्रतिक्रिया जनाउनुहाेस्