बैतडी,
बैतडीको पाटन नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसका ज्येष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको छ । खोड्पेमा रहेको सामुदायिक भवनमा आयोजना गरिएको एक कार्यक्रमकाबीच ज्येष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको हो ।
पार्टीको संगठन सुदृढ बनाउँदै अघि बढ्ने विधिअनुसार नयाँ सदस्यता वितरण, नविकरण र ज्येष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको वडा नं ८ का वडा सभापति मोहन सिंह बिष्टले जानकारी दिए ।
पार्टी सुदृढिकरणका विषयमा नेता कार्यकर्ताहरुबीच छलफल पनि भएको बिष्टले बताए ।
वडा नं ८ का वडा सभापति मोन सिंह बिष्टको सभाध्यक्षतामा आयोजना गरिएको वडा सम्मेलन तथा ज्येष्ठ क्रियाशील सदस्य सम्मान कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका जिल्ला सभापति चतुर बहादुर चन्द रहेका थिए । सो कार्यक्रममा पाटन नगरपालिकाका कार्यबहाक सभापति रमेस सिंह महरा लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
पार्टीको संगठन सुदृढ बनाउँदै विधिअनुसार सम्मेलन सम्पन्न गरिएको हो।
वडा नं ५ मा सम्पन्न सम्मेलनका क्रममा नेपाली कांग्रेसका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मानसमेत गरिएको छ। वडा सभापति फुनीसिंह बोहराका अनुसार वडा नं ५ भित्रका ३२ जना जेष्ठ क्रियाशील सदस्यलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो।
नेपाली कांग्रेसले जिल्लाभर पार्टीमा लामो समयदेखि योगदान पु¥याएका ज्येष्ठ क्रियाशील सदस्यहरुलाई निरन्तर सम्मान गर्दै आइरहेको छ ।























