बैतडी: बैतडीमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको पाटन नगरपालिका–४ बगाडीका अन्दाजी ५० वर्षीय दिलिप चन्दको शनिवार दिउँसो शव फेला परेको हो ।
पाटन नगरपालिका–६ को चुँच्चाइ सल्लाघारी बनमा प्रहरीले गस्ती गर्ने क्रममा चन्दको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
उनको शव पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान कार्य चलिरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
प्रतिक्रिया जनाउनुहाेस्























