महालक्ष्मी विकास बैंकद्वारा शिद्धेश्वर माविलाई शौचालय निर्माणमा सहयोग

Image

बैतडी: बैतडीको पाटन नगरपालिका वडा नं १ को सिद्धेस्वर मावि मेल्चौरामा शौचालय निर्माणको लागि महालक्ष्मी विकास बैंकले सहयोग गरेको छ ।
महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उक्त विद्यालयलाई सहयोग गरेको हो । शुक्रबार एक कार्यक्रमकाबीच महालक्ष्मी विकास बैंक लिमिटेडले दुई कोठे छात्रछात्रा शौचालय निर्माणको लागि ५० हजार रुपैयाको चेक हस्तान्त्रण गरेको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि शौचालयको आवस्यकता रहेको भन्ने माग बमोजिम बैंकको उत्तरदायित्व कार्यक्रम अन्तरगत सो सहयोग गरेको महालक्ष्मी विकास बैंक पाटन शाखाका कर्जा इन्चार्ज महेस बिष्टले जानकारी दिए ।

विगतदेखि नै महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको छ ।
सुक्रबारको सहयोग हस्तान्त्रण कार्यक्रममा सिद्धेस्वर माविका शिक्षक, विद्यार्थी तथा अभिभावक र महालक्ष्मी विकास बैंक पाटन शाखाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्